Mon. Jun 22nd, 2026

लुम्बिनी विकास बैंकको पाँचवटा नयाँ शाखा कार्यालयहरुको उद्घाटन

       

काठमाण्डौं, २०७८ मंसिर १९ गते आईतबार । लुम्बिनी विकास बैंकले देशका बिभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्घेश्यले थप पाँच शाखाहरुको उद्घाटन गरेको छ ।

आज खोलिएका नयाँ शाखाहरुमा ७३ औँ शाखाको रुपमा नयाँ बानेश्वर शाखा काठमाडौं, ७४ औँ शाखाको रुपमा मणिग्राम शाखा रुपन्देही, ७५ औँ शाखाको रुपमा बर्दघाट शाखा नवलपरासी, ७६ औँ शाखाको रुपमा घोराही शाखा दाङ्ग र ७७ औँ शाखाको रुपमा कोहलपुर शाखा बाँके रहेका छन् ।

हाल यस बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरु मार्फत ७७ अर्बको व्यबसाय गरिरहेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Facebook Comments