Fri. May 17th, 2024

सेन्टर फर मेडीकल सपोर्ट संस्थाद्वारा विरामीको साथी नामक हेल्प डेस्क स्थापना

काठमाण्डौं, २०७८ मंसिर १९ गते आईतबार । नेपालका विरामीहरुलाई चौविसै घण्टा सही सल्लाह र उपचार बारे परामर्श प्रदान गर्ने उद्धेश्यले सेन्टर फर मेडीकल सपोर्ट संस्थाले विरामीको साथी नामक हेल्प डेक्स स्थापना गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले आज सो डेक्सको शुभारम्भ गर्नुभएको हो । सो हेल्प डेस्क बुढानिलकण्ठ नगरपालिका वडा नं.३, कृष्ण गल्लीमा रहेको छ । यो संस्थाको नजिकै होटल पार्क भिलेज रहेको छ ।

यस डेस्कले स्वास्थ्य सम्बन्धि परामर्श दिनुका साथै रोगसँग सम्बन्धित चिकित्सक, डाईग्नोष्टिक सेन्टर र अस्पतालहरुको बारेमा जानकारी दिनुका साथै विदेशमा उपचारको लागि लैजाने लगायतका सेवाहरु उपलब्ध गराउने जनाएको छ ।

Facebook Comments