Sat. Dec 14th, 2024

प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ निर्वाचित

काठमाण्डौं, २०७८ मंसिर १९ गते आईतबार ।  प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको हिजो (शनिवार) र आज (आइतबार) भएको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र पदाधिकारीबिनै १ सय ८४ जना केन्द्रीय सदस्यको नाम चयन गरेको थियो ।

सोही १ सय ८४ जनाले अध्यक्षसहितका पदाधिकारी चयन गर्ने प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य बलराम थापाले बताएका बताउनु भयो। त्‍यसअघि महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको थियो ।

अध्यक्षसहितका पदाधिकारी चयन गर्न चितवनमै १ सय ८४ जना केन्द्रीय सदस्यको बैठक बस्ने तयारी भइरहेका बेला नेतृत्वका विषयमा सहमति जुटेको हो । केन्द्रीय कमिटीको पहिलो बैठक बस्ने तयारीका बीच अध्यक्षका दाबेदारमध्यकै एक गोविन्द रोका (सचिन)ले छाडेपछि सापकोटाको नाममा सहमति भएको हो । र रोकाकै प्रस्तावमा सापकोटा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

अध्यक्ष निर्वाचित भए पनि उपाध्यक्ष लगायतका पदाधिकारीका विषयमा भने सहमति जुटेको छैन् ।

Facebook Comments