Fri. Sep 20th, 2024

सही र सत्य सूचना प्रवाह गर्न सञ्चार जगतले महत्वपूर्ण भूमिका खेल्नु गर्नुपर्छः मन्त्री श्रेष्ठ

काठमाण्डौ, २०७८ मंसिर ६ गते सोमबार । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सहि र सत्य सूचना प्रवाह गर्ने दायित्व पुरा गर्न सञ्चार जगत जिम्मेवार बन्नु पर्ने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल रेडियो नेपाल शाखाको आज भएको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले विकास र सुधारका साझा सवालमा विषय कसले उठायो भन्ने नहेरी राम्रा कामका लागि संयुक्त प्रयासमा अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । मन्त्री श्रेष्ठले रेडियो नेपाल लगायतका सरकारी सञ्चार माध्यमहरुले संविधान अनुसार ऐन, कानुन र नियमावलीहरु समय सापेक्ष बनाउनुपर्नेमा पनि जोड दिनुभयो । मन्त्री श्रेष्ठले सरकारी संचारमाध्यमहरु पूर्वाग्राही बन्न नहुने भन्दै निष्पक्ष भएर सहि सूचना प्रवाह गर्ने भूमिका निर्वाह गर्न प्रतिबद्ध भएर लाग्नु पर्ने बताउनुभयो ।

उहाँले प्रशारण पहुँचमा बृद्धि, गुणस्तरीय विषयवस्तु प्रशारण र मर्यादित पत्रकारिताको विकास गर्न रेडियो नेपालले महत्वपूर्ण भूमिका खेल्नुपर्ने पनि बताउनुभयो ।

Facebook Comments