Sat. May 11th, 2024

कोहलपुर क्रिकेट मैदान पहिलो प्राथमिकतामा छ: खेलकुद मन्त्री अथक

- राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास

नेपालगन्ज, २०७८ मंसिर ६ गते सोमबार । युवा तथा खेलकुद मन्त्री मा. महेश्वरजंग गहतराज (अथक) ले राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास गर्नुभएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले आईतबार महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्नुभएको हो ।

मन्त्री नियुक्त भएलगत्तै अथकले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने उद्घोष गर्नुभएको थियो । तिन दिने जिल्ला भ्रमणमा निस्कीनुभएका मन्त्री अथकले आफ्नो पहिलो निर्णय कार्यान्वयन गर्ने क्रममा आईतबार महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्याक्रममा बोल्दै अथकले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो । एकेडेमी निर्माणकालागि फास्ट ट्रयाकमा डिपिआर तयार भईसकेको जानकारी दिदैं मन्त्री अथकले खनफ्नै कार्यकालमा पुर्वाधार निर्माणको प्रक्रिया सुरु गरीने प्रतिवद्धता जनाउनुभएको छ ।

रात्रिकालिन खेल संचालन गर्न सकिने तथा आवाशिय सुविधा सहित अन्तराष्ट्रिय स्तरमा निर्माण गरीने एकेडेमीको लागत १ अर्ब २२ करोड अनुमान गरीएको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “यो बहुवर्षिय योजना हो, आगामी ३ वर्षभित्र सम्पन्न गर्नेगरी तत्कालै पुर्वाधार निर्माणको काम अगाडी बढाईन्छ ।” एकेडेमीको संरचना अनुसार क्रमशः बजेट बढ्दै जाने उहाँले बताउनुभयो ।

एक फरक प्रशंगमा बोल्दै मन्त्री अथकले कोहलपुर नगरपालिकाभित्र निर्माण गर्ने भनिएको कोहलपुर खेल मैदानकालागि ७० लाख बजेट सुनिश्चित भएको बताउनुभयो । एक पालिका एक खेल मैदानको निति अनुसार कोहलपुर नगरपालिकाले कोहलपुर खेल मैदान निर्माण गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का पदाधिकारी तथा ईन्जिनियरको टोली सहित कोहलपुर पुग्नुभएका मन्त्री अथकले त्यसक्रममा निर्माणाधिन अवस्थामा रहेको कोहलपुर क्रिकेट मैदानको समेत अनुगमन गर्नुभएको थियो । मन्त्री अथकले आजै नेपालगन्जस्थित रंगशालको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments