Fri. Sep 20th, 2024

“एसिया र अफ्रिका गुणस्तरीय मालसामान महोत्सव” शाङहाई आयात एक्स्पोमा आयोजना हुने

काठमाण्डौं, २०७८ कात्तिक २१ गते आईतबार । “एसिया र अफ्रिकाका गुणस्तरीय मालसामान महोत्सव २०२१” नोभेम्बर ६ तारिख बेलुका चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा आयोजना भएको छ। यस पटकको कार्यक्रम चाइना मिडिया ग्रुपको एसिया र अफ्रिका केन्द्र तथा जापान, गणतन्त्र कोरिया, थाइल्याण्ड र मलेसिया लगायत एसिया र अफ्रिकाका धेरै मुलुकहरुका संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेर एसिया र अफ्रिकाका गुणस्तरीय मालसामानहरु चिनियाँ उपभोक्तालाई सिफारिस गर्नुका साथै एसियाका स्थानीय बासिन्दा र व्यवसायहरु चिनियाँ बजारको विशाल अवसर बाँड्न सहायता दिएका छन्।

चौथो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो नभेम्बर ५ तारिखदेखि १० तारिखसम्म शाङहाई शहरमा आयोजना गरिँदै छ। १२७ मुलुक र क्षेत्रका करिब ३ हजार व्यवसायहरु सो एक्स्पोमा सहभागी हुँदैछन्।

तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा चाइना मिडिया ग्रुपद्वारा आयोजित दुई पटकको किनमेल सम्बन्धी प्रत्यक्ष प्रसारणमा विक्री दर १४ करोड चिनियाँ युआन भन्दा बढी पुगेको थियो, जसबाट चिनियाँ उपभोक्ताको किनमेल गर्ने दक्षता देखिएको थियो।

Facebook Comments