Fri. Sep 20th, 2024

मुख्यमन्त्री पाण्डेले भोली विश्वासको मत लिने

काठमाण्डौं, २०७८ कात्तिक २१ गते आईतबार । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी थाल्नु भएको छ । भोली बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने र सो समयावधि अपुग भएमा पर्सि मंगलबार विश्वासको मत लिने हुनु भएको छ । प्रदेश सभामुख सानुकुमार श्रेष्ठका अनुसार भोली दिउसो ३ वजे प्रदेश सभाको बैठक बस्दैछ ।

नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता पाण्डेले यहि कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्नु भएको हो । विश्वासको मत प्राप्त भएपछि मात्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाउनु भएको छ ।

सभामुखसहित प्रदेशसभामा १ सय ९ मत रहेको छ । गठबन्धनमा रहेका दलहरूसँग ५९ मत रहेकाले पाण्डे नेतृत्वको सरकारले विश्वासको मत सहजै प्राप्त गर्ने देखिन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभामा पत्र पठाइ सकिएको छ ।

Facebook Comments