Sat. Apr 26th, 2025 03:53:02

अमेरिकाले थप ५० करोड डोज फाइजर खोप बाँड्ने

काठमाण्डौं, २०७८ असोज ७ गते बिहीबार । अमेरिकाले अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई बाँड्ने जनाएको छ। संयुक्त राष्ट्रसङ्गको महासभाको समय पारेर आयोजना गरिएको एउटा भर्चुअल कोभिड-१९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने बाचा गर्नुभयो ।

त्यस्तो थप मात्रा खोपको गणना हुँदा अमेरिकी खोप सहायताको बाचा १ अर्ब नाघ्नेछ। यसअघि राष्ट्रपति बाइडनले ५८ करोड मात्रा खोप दान दिने बाचा गरेकामा वासिङ्टनले अहिलेसम्म १६ करोड खोप देशबाहिर बाँडिसकेको छ।

विज्ञहरूका अनुसार विश्वको ७० प्रतिसत जनसङ्ख्यालाई खोप दिनका लागि ११ अर्ब मात्रा खोप आवश्यक पर्नेछ। विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ भित्रै हरेक देशमा कम्तीमा ४० प्रतिसतले खोप लगाउने लक्ष्य राखेको छ। तर त्यस्तो लक्ष्य भेटिने सम्भावना देखिंदैन।

बाइडनले खोप वितरणका व्यवस्थापकिय चुनौतीलाई सम्बोधन गर्न समेत थप रकमको घोषणा गर्नुभएको छ । बीबीसी

Facebook Comments