Sun. May 19th, 2024

माओवादीबाट मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिने स्थायी समितिको निर्णय

फाइल फोटो

काठमाण्डौं, २०७८ असोज ७ गते बिहीबार । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय भएको छ । सो पार्टीको बुधबार सम्पन्न स्थायी समितिको बैठकले सो निर्णय गरेको हो । बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

उहाँले आज (बिहीबार) सम्ममा मन्त्रिपरिषद् विस्तार हुने पनि जानकारी दिनुभयो । “मन्त्री छान्ने जिम्मेवारी अध्यक्षलाई दिइएको छ,” बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता महराले भन्नुभयो । २० प्रतिशतले दल विभाजन गर्न पाउने अध्यादेश कायमै राख्दा सत्तारुढ दलहरु नै फुट्ने देखिएपछि प्रतिस्थापन विधेयक ल्याउन लागिएको हो ।

Facebook Comments