Fri. Dec 27th, 2024

परराष्ट्रमन्त्री खड्का राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका प्रस्थान

काठमाण्डौं, २०७८ असोज ७ गते बिहीबार । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ । मन्त्री पदको नियुक्ती र सपथ ग्रहण गरेकै दिन खड्का न्यूयोर्क प्रस्थान गर्नुभएको हो । गत भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मंगलबारदेखि सुरु भएको उच्चस्तरीय बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेको मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदीलगायतका अधिकारीहरुले बिदाइ गर्नुभएको थियो ।

‘राष्ट्रसंघको चालु महासभामा नेपालको उच्चस्तरीय प्रतिनितधत्व गराउँनै लागि हतार हतार खड्कालाई मन्त्री नियुक्त गरिएको प्रस्ट भएपनि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुहरुसँग सहमती नै नगरिकन प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्रीमा खड्कालाई नियुक्त गरेकोमा असन्तोष व्यक्त गर्नुभएको छ ।

अमेरिका प्रस्थान गर्नुभएका मन्त्री खड्काले “आशाका माध्यमबाट लचिलोपन निर्माण गर्दै कोभिड-१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने” विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभामा भाग लिने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका सहसचिव सेवा लम्साल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईलगायत अधिकारी हुनुहुन्छ ।

Facebook Comments