Sat. May 9th, 2026

चिनियाँ राजदूतलाई यूकेको संसद्‌मा प्रतिबन्ध

       

काठमाडौं, २०७८ भदौ ३० गते बुधबार । चीनले केही ब्रिटिश सांसदमाथि प्रतिबन्ध लगाएको अवस्थामा यूकेले चिनियाँ राजदूतलाई उहाँ त्यहाँको संसद्‌मा जान नपाउने बताएको छ। चीनसम्बन्धी सर्वदलीय समूहले आयोजना गर्न लागेको संसद्को एउटा जमघटमा चङ चक्वाङ सहभागी हुन लाग्नु भएको थियो ।

तर विरोध भएपछि तल्लो सदनका सभामुख लिन्ड्जी होयल र माथिल्लो सदन हाउस अफ लर्ड्सका सभामुख लर्ड मक्फलले चङको सहभागिता सम्भव नभएको बताउनु भयो ।

चिनियाँ दूतावासले यो एउटा “घृणित र कायर” निर्णय रहेको र यसले दुवै देशको हितलाई हानि पुर्‍याउने जनाएको छ। बीबीसी

Facebook Comments

सम्बन्धित समाचार