Sun. Apr 13th, 2025 02:03:24

लोकप्रिय गायक लास्मित राईको निधनको खवर सामाजिक सञ्जालमा भाइरल

काठमाडौं, २०७८ जेठ १५ गते शनिबार । लोकप्रिय गायक लास्मित राइको निधनको खवर सामाजिक सञ्जालमा भाइरल भएको छ । थोरै गाउने तर श्रोताको हृदय जित्न सक्ने गायकको रुपमा चिनिनु भएका राईको निधन कहाँ कति वेला र कसरी भयो भन्ने अहिलेसम्म खुलेको छैन ।

वरिष्ठ गायक तथा संगितकार शम्भु राईसँग यस विषयमा जिज्ञासा राख्दा उहाँले आफु पनि यस विषयमा अनभिज्ञ भएको तर सामाजिक सञ्जालमा उहाँको निधनको खवर सुन्दा दुखी भएको रे न्यूज डेलीलाई बताउनु भयो ।

Facebook Comments