Sun. May 5th, 2024

कोरोना रोकथाम र खोप खरीद गर्न २६ अर्व ७५ करोड रुपियाँ विनियोजन, ल्यापटप किन्न १ प्रतिशत ब्याजमा ऋण पाइने, सिम कार्ड निःशुल्क

काठमाडौं, २०७८ जेठ १५ गते शनिबार । सरकारले कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि खोप खरीद गर्न २६ अर्व ७५ करोड रुपियाँ वजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गर्नु भएको हो । साथै उहाँले कोभिड १९को परीक्षण र उपचार निःशुल्क गरिने पनि वजेटमा उल्लेख गर्नु भएको छ ।

यसैगरी सरकारले सार्वजनिक संस्थामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले ल्यापटप किन्न चाहेमा विद्यार्थीलाई ८० हजार रुपैयाँसम्म एक प्रतिशत ब्याजदरमा ऋण दिइने बजेटमा उल्लेख छ । यो रकम दुई वर्षभित्र तिरे पुग्नेछ । त्यस्तै १६ वर्ष भन्दामाथिका विद्यार्थीलाई निःशुल्क सिम कार्ड दिइने छ ।

Facebook Comments