Tue. Apr 30th, 2024

अमेरिकी आक्रमणकारी युद्धले गम्भीर मानवीय प्रकोपहरू निम्त्याएको चीनको आरोप

काठमाडौं, २०७७ चैत २७ गते शुक्रबार  चिनियाँ मानव अधिकार अनुसन्धानले “अमेरिकी आक्रमणकारी युद्धले गम्भीर मानवीय प्रकोपहरु निम्त्यायो” शीर्षकको लेख प्रकाशित गरेको छ। उक्त लेखमा दोस्रो विश्वयुद्धपछि अमेरिकाले सुरु गरेको आक्रामक युद्धहरूको श्रृंखलालाई सूचीबद्ध गरेको छ। अपूर्ण तथ्यांकका अनुसार दोस्रो विश्वयुद्धको अन्तदेखि सन् २००१ सम्म विश्वका १५३ क्षेत्रहरूमा भएको २४८ वटा सशस्त्र द्वन्द्वहरूमध्ये अमेरिकाले मात्र २०१ वटा द्वन्द्व सुरु गरेको थियो।

उक्त लेखमा जोड दिएको छ कि अमेरिकाले शुरू गरेको विदेशी युद्धले गम्भीर परिणामहरू निम्त्याएको छ। ठूलो संख्यामा हताहत, सुविधाहरूको विनाश-जसले शरणार्थी, सामाजिक अशान्ति, पारिस्थितिक संकट र मनोवैज्ञानिक आघात जस्ता सामाजिक समस्याहरूको शृंखला निम्त्याएको छ। यसले घटनामा संलग्न नभएका देशहरूलाई पनि नोक्सान पुर्‍याएको छ। अमेरिका आफै पनि आफ्नो विदेशी युद्धको शिकार भएको छ।

सैन्य कारबाहीले उत्पन्न मानवीय संकट अमेरिकाको प्रभुत्ववादी चिन्तनबाट उत्पन्न भएको हो। प्रभुत्ववादी सोच गुमाएमा मात्र मानवीय प्रकोपहरूलाई रोक्न सकिन्छ, आपसी लाभ र जितको परिणाम प्राप्त गर्न सकिन्छ र सबै देशका मानिसहरुले आधारभूत मानव अधिकार पाउन सक्छन् लेखमा उल्लेख छ। सीआरआई

Facebook Comments