Sun. Sep 22nd, 2024

चीनको परराष्ट्र मन्त्रालयद्वारा अमेरिका र जापानको संयुक्त घोषणाको निन्दा

काठमाडौं, २०७७ चैत ५ गते बिहीबार चीनको परराष्ट्र मन्त्रालयले अमेरिका र जापानको संयुक्त घोषणाको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले पत्रकार सम्मेलनको आयोजना गर्दै अमेरिका र जापानबीच आयोजित विदेश र सुरक्षा मन्त्री स्तरीय “२ं२”शीर्षकको वार्ताको संयुक्त घोषणा पत्रबारे चीनको धारणा सार्वजनिक गर्नुभएको छ।

त्यस घोषणामा अन्तर्राष्ट्रिय प्रणालीका अनुसार चीनको गतिविधि योग्य नभएको भनेर लेखिएको छ। साथै चीनको थाइवान, हङकङ र सिनच्याङसित सम्बन्धित मामिलामा पनि सो घोषणाले ध्यान दिएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा केही पत्रकारले उक्त घोषणाबारे चीनको अडान के हो भन्ने प्रश्न गरेपछि प्रवक्ता चाउले चीनको धारणा सार्वजनिक गर्नुभएको हो ।

प्रवक्ता चाउले अमेरिका र जापानले सार्वजनिक गरेको संयुक्त घोषणापत्रको चीनले कडा निन्दा गरेको बताउँदै सो घोषणाले गम्भीर रूपमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र चीनको राष्ट्रिय हितमा क्षति पुर्याउन खोजेको बताउनुभयो। सीआरआई

Facebook Comments