Sat. May 18th, 2024

चीन घुम्न चिनियाँ खोप अनिवार्य रुपमा लगाउनै पर्ने

काठमाडौं, २०७७ चैत ५ गते बिहीबार

विभिन्न मुलुुकहरुमा रहेका चिनियाँ दूतावासहरूले चीनमा घुम्न चिनियाँ खोप अनिवार्य रुपमा लगाउनै पर्ने सूचना जारी गरेका छन् । प्राप्त समाचार अनुसार विदेशस्थित धेरै चिनियाँ राजदूतावासहरूले बेग्ला बेग्लै रूपमा एउटा सूचना सार्वजनिक गर्दै मार्च १५ तारिखदेखि नै चिनियाँ खोप लगाएका व्यक्तिलाई चीनमा घुम्ने भिसा लिनका लागि सुविधा उपलब्ध गराउने बताएका छन्। साथै सूचनामा चिनियाँ खोप लगाएको व्यक्तिले खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्ने कुरा पनि लेखिएको छ।

जापान, पाकिस्तान, फिलिफिन्स, इजरायल, थाइल्याण्ड लगायतका अरू देशस्थित चिनियाँ राजदूतावासहरूले उपयुक्त “चिनियाँ खोप लगाएका व्यक्तिलाई चीनमा घम्ने भिसा लिनका लागि सुबिधा उपलब्ध गराउने”शीर्षकको सूचना सार्वजनिक भएको समाचार सीआरआईले लेखेको छ।

Facebook Comments