Sun. Sep 22nd, 2024

बर्दियामा मान्छे खाने अर्को बाघ पनि नियन्त्रणमा

काठमाडौं, २०७७ चैत ५ गते बिहीबार बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मान्छे र घरेलु जनावरलाई आक्रमण गर्ने अर्को बाघलाई पनि नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण काेष र बर्दिया राष्ट्रिय निकुञ्जकाे टाेलीले  नेपाल-भारतको खाता जैविक मार्ग क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिइएको हो ।

यसअघि बुधवार (हिजो) बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले एउटा पाटेबाघ नियन्त्रणमा लिएको थियो । बिहीवार अन्दाजी १० वर्षको भाले पाटेबाघलाई ​टोलीले नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दाेर्ण शर्माले बताउनुभयो ।

बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे र पशुचौपायालाई बाघले आक्रमण गरी ज्यानै लिने घटना बढ्दै गएको छ । बिहीवार नियन्त्रणमा लिइएको बाघले एक वर्षमा पाँच जनालाई आक्रमण गरेको अनुमान छ । पछिल्लो पटक गएकाे मङ्गलवार एक महिलालाई पाटेबाघले आक्रमण गरेर ज्यान लिएलगत्तै निकुञ्ज र डिभिजन वन कार्यालयको टोलीले अनुगमन गर्दै आएका छन् ।

बाघको आक्रमणबाट राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा एक वर्षभित्र ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ । उज्यालो अनलाईन

तस्बिर साैजन्य : डिभिजन वन कार्यालयका सहायक प्रमुख दोर्ण शर्मा ।

Facebook Comments