नेपाली कांग्रेसको १५औँ महाधिवेशन : सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता
- राठौरले पार्टी एकताका लागि उम्मेदवारी फिर्ता लिनुभयो ।
- गगन थापाको आग्रहपछि उम्मेदवारी फिर्ता गरेको भनाइ ।
- अब थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने ।
भिओके समाचार/काठमाण्डू । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
राठौरले आज पत्रकार सम्मेलन गरी विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको र पार्टी सङ्कटमा रहेकाले सभापति गगनकुमार थापाको आग्रहअनुसार पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता लिएको बताउनुभयो ।
उहाँले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने धारणा राख्नुभयो ।
यसअघि मङ्गलबार अन्तिम समयमा राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
राठौरले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेस सभापतिका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ ।
Facebook Comments

