प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ६ करोड मौज्दात, बाढीपीडितका लागि १ अर्ब निकासा
- राहत कोषमा १७ अर्ब ६ करोड ८० लाख रुपैयाँभन्दा बढी मौज्दात ।
- डलर खातामा २ करोड ९१ लाख अमेरिकी डलर जम्मा ।
- बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा ।
काठमाण्डू । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज राति ८ बजेसम्म मौज्दात रकम १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ रुपैयाँ पुगेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वाणिज्य बैंकमा रहेको मौज्दात १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर मौज्दात रहेको छ ।
सरकारले उक्त कोषमा जम्मा भएको रकममध्ये यसअघि बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ । रासस
Facebook Comments

