Sun. May 5th, 2024

दशैंको शुभकामना दिदैं पुर्व राजा ज्ञानेन्द्र भन्नुुहुन्छ:” राज्य कमजोर हुँदा जनता टुहुरा भए”

काठमाडौं, २०७७ कात्तिक ७ गते शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले राज्य कमजोर हुँदा नेपाली जनता टुहुरा भएको बताउनु भएको छ । उहाँले संकटको अहिलेको समयमा अभिभावकले खेल्नुपर्ने भूमिका नेतृत्वले नखेलेको बताउँदै नेपाली जनता अभिभावकबिहीन बनेकामा पीडाबोध भएको बताउनु भएको हो ।

‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक बिहिन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ’, विज्ञप्तिमा भनिएको छ।

प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं तर विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको उहाँको भनाइ छ।

दसैंको अवसरमा शुभकामना दिँदै उहाँले हर्षोल्लासका साथ विजयादशमी मनाउने अवस्था नरहे पनि शुभकामना भने दिन सकिने बताउनु भएको छ ।

Facebook Comments