Sat. Apr 20th, 2024

मुख्यमन्त्री राई भन्नुहुन्छ: ‘जो जहाँ छौं त्यही बसेर चाडपर्व मनाऔं’

विराटनगर, २०७७ कात्तिक ४ गते मंगलबार

प्रदेश नम्वर एकका मुख्यमन्त्री शेरधन राईले हिन्दूहरुको महान चाड बडादशैंको शुभकामना व्यक्त गर्नुहुँदै यथास्थानमा बसेर चाडपर्व मनाउन आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री राईले सामाजिक सञ्जाल फेसबुक पेज मार्फत शुभकामना सन्देश दिनुहुँदै भन्नु भएको छ: ‘यतिवेला चाडपर्वहरु शुरु भएका छन् । बडा दशैं त शुरु नै भैसक्यो । उल्लास र उमंगका साथ मनाउँदै आएका हाम्रा चाडपर्वहरु कोरोना भाइरसका कारण असहज र अप्ठ्यारो पस्थितीमा मनाउँनु परेको छ । कोरोना भाइरसको बढ्दो संक्रमणबाट बच्न जो जहाँ छौं त्यही बसेर चाडपर्व मनाऔं, आफू पनि बचौं, अरुलाई पनि बचाऔं ।’

Facebook Comments