Fri. Apr 26th, 2024

क्यापिटल टेलिभिजन एचडीको परीक्षण प्रसारण सुरु

काठमाडौं, २०७७ कात्तिक ३ गते सोेमबार

नेपाली सञ्चार जगतमा शनिवारदेखि थप एउटा टेलिभिजन (एचडी)ले औपचारिक रुपमा देशव्यापी परीक्षण प्रसारण सुरु गरेको छ । क्यापिटल मिडिया ग्रुप (सीएमजी)ले काठमाडौँको नयाँ बानेश्वरबाट क्यापिटल टेलिभिजन (एचडी)को परीक्षण प्रसारण सुरु गरेको हो ।

क्यापिटल मिडिया ग्रुपका अध्यक्ष प्रकाशबाबु पौडेलले ‘सीएमजी मोबाइल एप्लिकेसन लन्च तथा क्यापिटल टि.भि. परीक्षण प्रसारण कार्यक्रम’का बीच उक्त टेलिभिजनको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा टेलिभिजनका साथै ‘सीएमजी मोबाइल एप्लिकेसन’को पनि शुभारम्भ गरिएको छ । सीएमजीका अध्यक्ष पौडेलले क्यापिटल टेलिभिजन नेपालको सञ्चार जगतमा एक कोसेढुङ्गा सावित हुने बताउनुभयो ।

क्यापिटल टेलिभिजन अनलाईनका अनुसार चाइना मिडिया ग्रुपसँग सहकार्य गरिरहेको सीएमजीले प्रविधिको विकास सँगसँगै टेलिभिजनको आवश्यकता महसुस गरेर क्यापिटल टि.भि.एचडी सञ्चालनमा ल्याएको अध्यक्ष पौडेलको भनाई छ ।

सीएमजी अन्तर्गत नै विगत १५ बर्षदेखी क्यापिटल एफ.एम तथा पूर्व मोरङ र पश्चिम पोखराबाट रेडियो सारङ्गी पनि सञ्चालनमा रहेका छन् । अब श्रोता, दर्शक र पाठकले आपनत्व महसुस गर्नेगरी सीएमजी अगाडि बढ्ने अध्यक्ष पौडेलले बताउनुभएको छ ।

टेलिभिजन सञ्चालनमा आएसँगै अब पृथक कार्यक्रम तथा रियालिटि सो समेत प्रसारणका लागि तयारी गरिरहेको उँहाले जानकारी दिनुभयो । साथै टेलिभिजनका साथसाथै रेडियोहरुलाई पनि थप परिस्कृत गर्दै लैजाने उँहाले बताउनुभएको छ ।

सीएमजीका प्रबन्ध निर्देशक सुशिल राउतका अनुसार आम मानिसका लागि पढ्ने, हेर्ने तथा सुन्ने माध्यमको रुपमा क्यापिटल मिडिया ग्रुप स्थापित भएको बताउनुभयो । प्रविधिको विकाससँगसँगै दौडिने क्रममा एक किसिमको मात्रै मिडिया सञ्चालन गर्ने भन्दा पनि प्रकाशन र प्रसारण दुबै माध्यमको अभ्यासलाई आत्मसाथ गरिएको राउतको भनाई छ ।

कार्यक्रममा नमस्ते टेलिभिजनका सञ्चालक ऋषिकेस श्रेष्ठ, सिटिजन एफएमका सञ्चालक विजन दवाडी लगायतले पनि शुभकामना मन्तव्य राख्दै टेलिभिजनमा सामुहिक प्रयासले मात्रै सफलता हासिल गर्न सकिने कुरामा जोड दिनुभएको थियो ।

Facebook Comments