Wed. May 1st, 2024

कोरोनाबाट एकैदिन २२ जनाको मृत्यु, सरकार भन्छ काठमाडौंमा कोरोना व्यवस्थापन गम्भीर चुनौतीका रुपमा देखापर्‍यो

काठमाडौं, २०७७ असोज २५ गते आईतबार

कोरोना भाइरस संक्रमणबाट एकैदिन २२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ महिला र १७ पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ जना संक्रमित थपिएका छन् ।

यसैबीच  सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा गम्भीर चुनौती देखा परेको बताएका छन् । कान्तिपुर अनलाईनका अनुसार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएकोले व्यवस्थापनमा समस्या पर्न थालेको बताएका हुन् । उनले १० लाख ५० हजारभन्दा बढी मानिसहरुको ज्यान लिने कोरोना रोग सामान्य नभएको उल्लेख गर्दै सतर्कता अपनाउन रत्तिभर पनि कमी नगर्न आग्रह गरे ।

कोरोना भाइरस खासगरी काठमाडौंमा तीव्र बन्दै गएको छ । बाहिर कतिपय जिल्लाले राम्रोसँग व्यवस्थापन गरिएको देखिए पनि काठमाडौंको व्यवस्थापनमा गम्भीर चुनौती देखा परेको छन् । त्यसैले यसलाई कुनै पनि अर्थमा हल्का ढंगले नलिन आग्रह गर्न चाहन्छु,’ प्रवक्ता ज्ञवालीले भने, ‘१० लाख ५० हजारभन्दा बढी मानिसहरुको ज्यान लिने यो रोग सामान्य हुँदै होइन । त्यस कारणले यसप्रतिको सतर्कता रत्तिभर पनि कमी गर्न हुँदैन भन्ने आग्रह गर्न चाहन्छु ।’

Facebook Comments