Fri. Apr 19th, 2024

विद्युत् व्यापार व्यवस्थापन गर्न सम्झौता

काठमाडौं, २०७७ असोज २३ गते शुक्रबार

नेपाल र भारतबीच स्वीकृतिभन्दा विद्युत् आदानप्रदान थपघट हुँदाको अवस्थामा बस्दोबस्त (सेटलमेन्ट) गर्नका लागि सम्झौता भएको छ ।

नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच व्यापार घटबढ अर्थात फरक परिमाण (डेभियसन) को बस्दोबस्त गर्न सम्झौता भएको हो । नेपाल, वंगलादेश, भुटान र म्यानमारका लागि विद्युत् व्यापार घटबढको अवस्थामा बस्दोबस्त गर्नका लागि सम्झौता गर्नुपर्ने भए पनि नेपालले चार देशमध्ये पहिलोपटक सम्झौता गरेको हो ।

भारत सरकारले बन्दोबस्तका लागि नोडल एजेन्सीको रुपमा एनभीभीएनलाई तोकेको छ । विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र एनभीभीएनका बरिष्ठ महाप्रबन्धक कृष्ण शंखर बन्दोपाध्यायबीच भएको सम्झौता अनुसार स्वीकृतभन्दा विद्युत् घटीबढी ल्याएमा त्यसको विद्युत् दर तोक्ने काम भारतको केन्द्रीय विद्युत् नियमन आयोगले गरे बमोजिम हुनेछ । निमित्त कार्यकारी निर्देशक कोइरालाका अनुसार प्राधिकरणले ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट एनभीभीएनसँग तथा टनकपुरबाट पीटीसीमार्फत विद्युत् खरिद गर्दै आएको छ ।

स्वीकृतिभन्दा बढी वा घटी लिएको खण्डमा त्यसको भारतीय विद्युत् नियमन आयोगले तोके अनुसार दर हुनेछ । कारोवार दैनिकबाट

Facebook Comments