Sun. Apr 28th, 2024

विराटनगर विमानस्थलको स्तरोन्नतीको लागि समझदारी पत्रमा हस्ताक्षर

विराटनगर, २०७७ असोज १९ गते सोमबार

विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तरार्ष्ट्रियस्तरको विमानस्थलमा स्तरोन्नति गर्नका लागि आज समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्रमा प्रदेश सरकार, विराटनगर महानगरपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच हस्ताक्षर भएको हो ।

एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईको फेसबुक स्टाटसमा लेखिएको छ: ‘प्रदेश सरकार गठन भएको दिनदेखिकै हाम्रो चासो, सरोकार र प्राथमिकतामा रहेको यो कार्यले मूर्त रुप पाएको छ ।’


गिरिजा प्रसाद कोइराला पटक पटक नेपालको प्रधानमन्त्री हुँदा विराटनगरका जनताले विराटनगर विमानस्थलको विकास, स्तरोन्न्ती र अन्तरार्ष्ट्रियस्तरको विमानस्थलमा रुपमान्तरण हुने सपना नदेखेका होइनन् तर त्यो सपना आजसम्म पनि पुरा भएको छैन । विराटनगर ८ निवासी विष्णु प्रसाद भट्टराई भन्नु हुन्छ आजको समझदारीले साकार रुप लेओस् ।

समझदारीपत्रमा हस्ताक्षर हुने तर काम चाँही नहुने हो भने फेरी पनि विराटनगरवासीको उत्साह निराशामा रुपान्तरण हुन धेरै समय लाग्दैन ।

Facebook Comments