Mon. Apr 29th, 2024

नेकपा सचिवालय बैठक भोली बस्ने

काठमाडौं, २०७७ असोज १९ गते सोमबार

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोली मंगलबार दिउसो ४ बजे बस्ने भएको छ । पार्टीका दुई अध्यक्षबीच आज सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

गोरखापत्र अनलाईनका अनुसार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’का अनुसार दुई अध्यक्षबीचको बैठकले सचिवालय बैठक मंगलबार साँझ ४ बजे बोलाउने निर्णय गरेको हो ।

यसअघि आइतबार साँझ ४ बजेका लागि सचिवालय बैठक तय गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि बैठक बस्न सकेन । तर दुई अध्यक्षबीच आइतबार बैठक बसेको थियो । आज बसेको दुई अध्यक्षबीचको बैठकले कार्यसूचीको तयारीबारेमा गृहकार्य गरेको बालुवाटार स्रोतले बताएको छ ।

सचिवालय बैठकको चारवटा कार्यसूची यसअघि नै तय भइसकेका छन् । भोलि बस्ने बैठकमा प्रदेश ५ को राजधानी विषयमा भइरहेको आन्दोलनका विषयमा समेत छलफल हुनसक्ने अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार सापकोटाले बताउनुभयो ।

Facebook Comments