Sat. Apr 20th, 2024

चाइना युनियन-पेबाट लामो छुट्टीका अघिल्ला २ दिनमा ६ खर्ब २८ अर्ब ७० करोड चिनियाँ युआन करोबार

काठमाडौं, २०७७ असोज १८ गते आईतबार

चाइना युनियन-पेको तथ्यांक अनुसार, चीनको राष्ट्रिय दिवसका ८ दिने लामो छुट्टीका अघिल्ला २ दिन अर्थात् अक्टोबर १ तारिख र २ तारिखको अवधिसम्म चाइना युनियन-पेबाट ६ खर्ब २८ अर्ब ७० करोड चिनियाँ युआन करोबार गरिएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ११.८ प्रतिशत बढेको छ।

सीआरआईका अनुसार अक्टोबर १ तारिखको एकै दिन मात्र युनियन-पेबाट ३ खर्ब ३० अर्ब चिनियाँ युआन करोबार गरिएको थियो, जुन गत वर्षको सोही दिनको तुलनामा १५.५ प्रतिशत बढेको हो।

चाइना युनियन-पेको तथ्यांक अनुसार, राष्ट्रिय दिवसका अघिल्ला २ दिन पश्चिमी भाग र लामो दूरीको यात्रा लोकप्रिय भएको छ। तीमध्ये तिब्बत, सिन्च्याङ र निङ् स्या यी दुई दिनमा उपभोग गरिएको मात्रा गत वर्षको सोही अवधिको तुलनामा सबैभन्दा बढी मात्रामा छ।

Facebook Comments