२०८३ भाद्र ११, बिहीवार

पूर्वकै पहिलो पाँचतारे होटल सञ्चालनमा

       

काठमाडौं, २०७७ असोज १८ गते आईतबार

झापाको मेचीनगर नगरपालिका धुलाबारीमा डेढ अर्ब रुपैयाँको लगानीमा पाँचतारे होटल सञ्चालनमा आएको समाचार कारोबार दैीनकले लेखेको छ । भेगास सिटी इन्टरटेनमेन्ट प्रालिले सञ्चालनमा ल्याएको मेची क्राउन पूर्वकै पहिलो पाँचतारे होटल हो । पूर्व-पश्चिम राजमार्गले छोएको धुलाबारीमा आठ विगाहामा होटलको संरचना निर्माण भएका छन् ।

पूर्वमा पर्यटनको राम्रो सम्भावना देखेर नै होटल सञ्चालनमा ल्याइएको भेगास सिटी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले बताए । पूर्वी नाका काँकरभिट्टादेखि भारत, बंगालादेश र भुटान छोटो दूरीमा रहे पनि नेपालतर्फ सुविधासम्पन्न होटलको अभाव रहेको थियो । “कञ्चनजंघा हिमाल, ठूलो पाथिभरा, इलाम, भारतको दाजिलिङ, सिक्किमलगायतका पर्यटकीय गन्तव्यमा आउने पर्यटकहरू सुविधासम्पन्न होटलको खोजीमा थिए” कार्कीले भने, “यी पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनामा ल्याइएको हो । मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले प्रदेश-१ मै पहिलो पाँचतारे होटल सञ्चालनमा ल्याउन आफ्नो टिम सफल भएको कार्कीले बताए ।

चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित होटल मेची क्राउनमा भारत, बंगलादेश र भुटानबाट आउने पर्यटकको रोजाइमा पर्ने होटेलको व्यवस्थापन कम्पनी ‘दी पिक हस्पिटालिटी’का अध्यक्ष दिपक लेखकले बताए । होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा छन् भने भविष्यमा व्यापारिक मल समेत त्यही बनाइने लेखकले जानकारी दिए । सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १०५ वटा सुविधासम्पन्न कोठाहरू छन् । त्यसमा ५ वटा मेची सुइट्स रुम, १० वटा एगजुकेटिभ भिला रुम, १९ वटा मेची क्लब रुम र ७१ वटा डिलक्स रुम छन् ।

Facebook Comments