Thu. May 28th, 2026

ट्रम्पको गाजा योजनाविरुद्ध लड्न हमासको आह्वान   

       

कायरो, इजिप्ट,  २०८१ चैत १९ गते मंगलबार । हमासका एक वरिष्ठ अधिकारीले सोमबार विश्वभरका समर्थकलाई हतियार उठाउन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० लाखभन्दा बढी गाजावासीलाई इजिप्ट र जोर्डनजस्ता छिमेकी देशमा स्थानान्तरण गर्ने योजनाविरुद्ध लड्न आह्वान गर्नुभएको छ ।

सामी अबु जुहारीले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “नरसंहार र भोकमरीको संयोजन गर्ने यो कुटिल योजनाको सामना गर्न विश्वको जुनसुकै कुनामा पनि हतियार बोक्न सक्ने जो कोहीले पनि कदम चाल्नुपर्छ ।”

उहाँले भन्नुभयो, “विष्फोटक पदार्थ, गोली, चक्कु वा ढुङ्गा नरोक्नुहोस्। सबैले आफ्नो मौनता तोडिदेओस्।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासका नेताहरूलाई गाजा छोड्न दिने प्रस्ताव गरेको एक दिनपछि अबु जुहरीले यो आह्वान गर्नुभएको हो तर गाजामा युद्धको अन्तिम चरणमा प्यालेस्टिनी लडाकू समूहलाई निःशस्त्रीकरण गर्न माग गर्नुभएको थियो ।

उक्त अवसरमा नेतन्याहूले गाजावासीलाई अन्य देशमा विस्थापित गर्ने ट्रम्पको योजनाका लागि इजरायलले काम गरिरहेको बताउनुभयो ।

नेतन्याहूले युद्धपछि इजरायलले गाजामा समग्र सुरक्षा सुनिश्चित गर्ने र प्यालेस्टिनी क्षेत्रमा बसोबास गर्ने सबै २४ लाख मानिसलाई सामूहिक विस्थापनका लागि आह्वान गरेको ट्रम्प योजनाको कार्यान्वयनलाई सक्षम बनाउने र यसलाई ‘स्वैच्छिक आप्रवासन योजना’ को संज्ञा दिनुभएको छ ।

गत जनवरीमा पदभार ग्रहण गरेको केही दिनपछि ट्रम्पले गाजाबाट गाजावासीलाई हटाउन प्रस्ताव गर्नुभएको थियो तर यसको अरब राष्ट्रहरूसहित विश्व समुदायबाट विरोधपछि उहाँले उक्त प्रस्तावको चर्चा गर्नुभएको थिएन ।  एएफपी

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read