Sun. May 5th, 2024

भालुवाङ प्रदेश ५ काे राजधानी, प्रदेशको नाम लुम्बिनी राख्ने प्रदेश सरकारको निर्णय

काठमाडौं, २०७७ असोज १६ गते शुक्रबार

लामो समयदेखि अन्याेलमा रहेको प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने तथा नाम लुम्बिनी राख्ने प्रदेश ५ मन्त्रीपरिषदले निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश ५ मन्त्रीपरिषद बैठकले त्यस्तो निर्णय गरेको सामाजिक बिकास मन्त्रीले सुदर्शन बरालले पुष्टि गर्नुभयो । गोरखापत्र अनलाईनका अनुसार दाङका राप्ती र गढवा तथा अर्घाखाँचीको शीतगंगा गाउँपालिका जोडिएको उक्त क्षेत्रमा राजधानी बनाउने निर्णय भएको हो ।

मन्त्रीपरिषदको निर्णय लगत्तै शुक्रबार नै यससम्बन्धी प्रस्ताव प्रदेश सभामा दर्ता भएको छ । प्रस्तावमा प्रदेशकाे नाम लुम्बिनी र राजधानी भालुवाङ राख्ने उल्लेख छ । साथै बुटबलमा सुरक्षा व्यबस्था कडा बनाइएकाे छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।

Facebook Comments