Wed. Apr 2nd, 2025 11:56:58

समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा प्रदर्शन

- फोटो फिचर सहित

विरोध कार्यक्रममा सहभागी सञ्चारकर्मी लुम्बिनी, १६ चैतः पत्रकारको हत्या तथा आक्रमण र सञ्चारगृह माथिको आक्रमणको विरोधमा नेपाल पत्रकार महासङ्घको आह्वानमा शनिबार महासङ्घ रुपन्देही शाखाले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी सञ्चारकर्मी । तस्बिरः भरत केसी/रासस

काठमाण्डू, २०८१ चैत १६ गते शनिबार । नेपाल पत्रकार महासङ्घ अन्तर्गतका विभिन्न शाखाहरुले हिजो (शुक्रबार) काठमाण्डूमा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेको छन् ।

पत्रकार सुरेश रजकको हत्या तथा सञ्चारगृहमा गरिएको तोडफोडविरुद्ध नेपाल पत्रकार महासङ्घ सुनसरीले शनिबार इटहरीमा निकालेको विरोधसभा । तस्बिर : ध्रुव ढकाल/रासस

प्रदर्शनपछि आयोजित सभामा बोल्दै सम्बन्धित शाखाका पदाधिकारीहरुले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । गर्नुभयो । साथै उनीहरुले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने पनि बताएका छन् ।

ताप्लेजुङ्का पत्रकारहरुको विरोध प्रदर्शन :
फुङ्लिङ, १६ चैतः शुक्रबार काठमाडौँमा गरिएको प्रदर्शनको क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यममाथि भएको आक्रमण तथा रिपोर्टिङका क्रममा ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकको घटनामा संलग्न दोषीहरुलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले शनिबार विरोध गर्दै । तस्बिरः दिलकुमार लिम्बु/रासस

सञ्चारमाध्यममाथिको आक्रमण गम्भीर अपराध भएको उल्लेख गर्दै उनीहरुले सरकार र सम्बन्धित निकायले दोषीलाई यथाशीघ्र कानूनी कठघरामा ल्याउनुपर्ने र पत्रकारको सुरक्षाका लागि ठोस् कदम चाल्नु पर्ने बताएका छन् । फोटो फिचर….

पूर्वराजा समर्थकद्वारा शुक्रबार आयोजना गरिएको आन्दोलनका क्रममा सञ्चारमाध्यममाथि भएको आक्रमण र रिपोर्टिङका क्रममा ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकको घटनामा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले शनिबार वीरगञ्जस्थित घण्टाघरमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी पत्रकारहरु । तस्बिर: हिमाल लम्साल / रासस

पूर्वराजा समर्थकद्वारा शुक्रबार काठमाण्डूमा आयोजना गरिएको प्रदर्शनको क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यममाथि भएको आक्रमण तथा रिपोर्टिङका क्रममा ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकको घटनामा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले शनिबार लोकतान्त्रिकचोकमा आयोजना गरेको विरोधसभा सहभागी पत्रकारहरु । तस्बिर : खेमराज गौतम / रासस

मोरङमा हत्या र आगजनीको विरोधमा पदयात्रा :
मोरङ, १६ चैतः शुक्रबार पत्रकार सुरेश रजकको हत्या तथा सञ्चारगृहमा गरिएको आगजनीविरुद्ध नेपाल पत्रकार महासङ्घ मोरङले शनिबार विराटनगरमा निकालेको पदयात्रा ।तस्बिरः मनोज दाहाल/रासस
विरोध पदयात्रा :
धुलिखेल, १६ चैतः शुक्रबार काठमाडौँको तीनकुनेमा राजाबादीहरुले गरेको आन्दोलनको क्रममा मृत्यू भएका सञ्चारकर्मी सुरेश रजकप्रति नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकले शनिबार गरिएको श्रद्धाञ्जली कार्यक्रम अगाडि निकालिएको विरोध पदयात्रामा सहभागी पत्रकारहरु । सो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र सञ्चारमाध्यममा गरिएको आगजनीको विरोध गर्दै चारदोबाटोबाट चाँदनीचोक हुँदै पुनः चारदोबाटोमा पुगेर महासङ्घले कोणसभा गरेका थिए । तस्बिरः पेमा लामा/रासस
Facebook Comments