Wed. Apr 2nd, 2025 01:21:35

दक्षिण कोरियामा डढेलो कारण मृत्यु हुनेको सङ्ख्या २६ जना पुग्यो  

दक्षिण कोरिया

सोल, २०८१ चैत १६ गते शनिबार । दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रहरूमा अहिलेसम्मकै सबैभन्दा भीषण डढेलो जारी रहँदा मृत्यु हुनेको सङ्ख्या २६ जना  पुगेको छ भने अन्य ३० जना घाइते भएका छन् ।

केन्द्रीय प्रकोप र सुरक्षा उपाय मुख्यालयले गत शुक्रबारदेखि १० क्षेत्रमा मध्यम र ठूला आगलागी भएको बताएको छ, तीमध्ये अधिकांश ग्योङसाङ प्रान्तमा छन् । डढेलोका कारण कम्तिमा ३६ हजार नौ हेक्टर वन क्षेत्र प्रभावित भएको छ ।

डढेलोले सन् २००० मा २३ हजार ७९४ हेक्टर जमिन नष्ट भएको थियो । डढेलोका कारण आठ जना गम्भीर घाइते भएका थिए । मुख्यालयका अनुसार अधिकांश पीडित ६० वर्ष वा सोभन्दा माथिका थिए ।

घर, कारखाना र सांस्कृतिक सम्पदा जस्ता प्रभावित भवन र संरचनाहरूको सङ्ख्या बढेर ३२५ पुगेको छ, जबकि ३७ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

तेज र सुख्खा हावाका कारण तिव्र गतिमा फैलिएको आगो नियन्त्रणका गर्न दमकलले प्रयास गरिएको थियो । हजारौं अग्नि नियन्त्रक साथै हेलिकप्टर जङ्गलको आगो निभाउन खटिएका छन् । सिन्ह्वा

Facebook Comments