Sun. Apr 6th, 2025 09:11:21

तीनकुनेका प्रदर्शनकारीमाथि गोली प्रहार (फोटो फिचर)

काठमाण्डू, २०८१ चैत १५ गते शुक्रबार । राजसंस्थावादीले काठमाण्डूको तीनकुनेमा निकालेको जुलुसमा प्रहरीले ८ राउन्ड गोली प्रहार गरेको छ । गोली प्रहारबाट केही आन्दोलनकारी घाइते भएको बुझिएको छ ।

आन्दोलनकारीले तीनकुनेका केही घरहरुमा तोडफोड र आगजनी गर्न थालेपछि गोली प्रहार गर्न प्रहरी बाध्य भएको थियो । प्रहरीले सयौं राउन्ड अश्रुग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा आउन नसकेपछि गोली प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।

गोली प्रहार र अश्रुग्यासको प्रहारबाट आन्दोलनकारीहरु तितरबितर हुने र पुनः जुट्ने क्रम जारी रहेको छ । आन्दोलनकारीले तयार पारेका मञ्च प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । तीनकुने क्षेत्र अहिले रणमैदानमा परिणत भएको छ ।

 

Facebook Comments