Sun. Mar 30th, 2025

प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने   

प्रतिनिधिसभामा विरोध गरिँदै नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), विपक्षी दल रास्वपागायका दलले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा सरकारको जवाफको माग गर्दै आआफ्ना ठाउँमा उभिएर विरोध गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाण्डू, २०८१ चैत १३ गते बुधबार । प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । आज बसेको पहिलो बैठक अवरुद्ध भएपछि केही समयका लागि स्थगन भएको थियो । दोस्रो पटक बसेको बैठक पनि प्रतिपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले उक्त बैठक बिहीबार बस्ने जानकारी दिनुभयो ।

यसअघि सभामुख घिमिरेले पटक-पटक सदन सञ्चालनको वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरुलाई अनुरोधसहितको रुलिङ गर्नुभएको थियो । आजको बैठकको प्रारम्भमै प्रतिपक्षी दलका सांसदहरुले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए । उनीहरुले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेका थिए ।

प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजे बस्ने तय भएको छ । रासस

Facebook Comments