Mon. Apr 29th, 2024

चीनमा शहीद दिवस भव्य रुपमा मनाईयो-फोटो फिचर सहित

काठमाडौं, २०७७ असोज १४ गते बुधबार

आज सेप्टेम्बर ३० तारिख चीनको शहीद स्मृति दिवस हो। यस उपलक्ष्यमा चीनको राजधानी पैचिङमा शहीदहरुलाई पुष्प गुच्छा अर्पण समारोह भव्य रुपमा आयोजित भएको छ।

सी चिन फिङ लगायत चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारका नेतागणले विभिन्न क्षेत्रका १८०० जना प्रतिनिधिहरुसँगै थ्यानआन मन चोकमा चिनियाँ बहादुरहरुलाई पुष्प गुच्छा अर्पण गरी राष्ट्रका नाम शहीदको सम्झना गरी बहादुरहरुलाई सलाम अर्पण गर्नुभयो।

सीआरआईका अनुसार सेप्टेम्बर ३० तारिख चीनको कानुनबाट निश्चित सातौं शहीद स्मृति दिवस हो। सन् २०१४ को अगष्ट महिनामा चीनले हरेक वर्षको सेप्टेम्बर ३० तारिखलाई कानुनी रुपमा शहीद स्मृति दिवस निर्धारण गरेको थियो। यस दिन चीनले शहीदको सम्झना कार्यक्रमको आयोजना गरी राष्ट्रका नाउँमा बहादुरहरुलाई सलाम अर्पण गर्नेगर्छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राष्ट्रिय जन काँग्रेस स्थायी समिति, राज्य परिषद, चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समिति, केन्द्रीय सैन्य आयोग, विभिन्न प्रजातान्त्रिक पार्टीहरु, राष्ट्रिय उद्योग वाणिज्य संघ र स्वतन्त्र व्यक्तिहरु, विभिन्न जन समूह तथा विभिन्न क्षेत्रका सर्वसाधारण, पुराना सिपाहीं तथा कमरेडहरु र शहीदका आफन्तहरु, चिनियाँ युवा शक्तिको नाउँमा जन बहादुर स्मारकमा ९ वटा ठूलो ढाँचाका पुष्प गुच्छा अर्पण गरेका छन्।

Facebook Comments