Sat. Jul 27th, 2024

विप्लब नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरही र चन्द्र बहादुर चन्द वीरजंग रिहा भए लगत्तै गिरफ्तार

सुनसरी, २०७७ असोज १४ गते बुधबार

नेत्र विक्रम चन्द्र विप्लब नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरही र चन्द्र बहादुर चन्द वीरजंगलाई सुनसरी प्रहरीले सुनसरी जिल्ला अदालत परिसरबाटै मंगलबार बेलुकी पुनः गिरफ्तार गरेको छ ।

राज्य विरुद्धको कसुर, हातहतियार तथा खरखजाना र संगठित अपराध निवारण ऐन अन्तर्गतको कसुर गरेको आरोपमा पक्राउ पर्नु भएका दुवै नेतालाई सुनसरी जिल्ला अदालतले सादा तारिखमा रिहा गरे लगत्तै सुनसरी प्रहरीले गिरफ्रतार गरेको हो । प्राप्त जानकारी अनुसार गिरफ्रतार गरिनु भएका नेता अनिललाई भोजपुर र नेता चन्दलाई काठमाडौं लगिंदैछ । नेता वीरजंग नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लबका दाजु हुनुहुन्छ ।

चितवनस्थित आफ्नो घरको लिस्नोबाट लडेर अस्पतालमा उपचार गराईरहेका नेता अनिललाई प्रहरीले गिरफ्तार गरी चितवन, धनुषा, सुनसरी र भोजपुर पुर्याएको थियो भने नेता चन्दलाई काभ्रे, भोजपुर, संखुवासभा र सुनसरी ल्याईएको थियो ।

प्रस्तुत मुद्धामा नेपाल सरकारको तर्फबाट सुनसरी जिल्लास्थित सहायक जिल्ला न्यायाधिवक्ता अनिल रेग्मी र विपक्षीहरुको तर्फबाट अधिवक्ता कला त्रितालले वहस गर्नुभएको थियो ।

Facebook Comments