Tue. Mar 18th, 2025

काठमाण्डूको टोखामा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु   

काठमाण्डू, २०८१ चैत ३ गते आइतबार । टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । टोखा नगरपालिका–१ फूलबारी गेटस्थित सडकमा बागमती प्रदेश ०२–०३९ प ९८२८ नं. को मोटरसाइकल र बागमती प्रदेश ०२–०५३ प ६३७८ नं. को मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाग्मती प्रदेश ०२–०५३ प ६३७८ नं. को मोटरसाइकलका चालक टोखा नगरपालिका–३ भुतखेल बस्ने नुवाकोट घर भएका १८ वर्षीय रिवाज आचार्यको रहेका छन् । राससका अनुसार उनको उपचारका क्रममा आज ग्रान्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचारकक्षले जनाएको छ ।

यस्तै, दुर्घटनामा घाइते भएका बाग्मती प्रदेश ०२–०३९ प ९८२८ नंको मोटरसाइकल चालकको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाण्डू, २०८१ चैत ३ गते आइतबार ।

Facebook Comments