Sun. Mar 16th, 2025 12:24:52

टोखा विकास अनुसन्धान समाजद्वारा कर्जा सचेतना सम्बन्धी प्रशिक्षण सम्पन्न

रमेश हतुवाली/काठमाण्डू, २०८१ चैत २ गते शनिबार । काठमाण्डूको टोखास्थित टोखा विकास अनुसन्धान समाजले कर्जा सचेतना सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

वित्तिय साक्षरताको अभावमा सर्वसाधारणले विभिन्न समस्याहरु भोगिरहेको अवस्थालाई मध्यनजर गर्दै टोखा नगरपालिका वडा नम्वर ७, धापासीमा आज सो प्रशिक्षणको आयोजना गरिएको हो । प्रशिक्षण उद्धघाटन समारोहमा बोल्नुुहुँदै कृषि विकास बैंकका सञ्चालक बिनोद गुरागाईले बैंकिङ क्षेत्र र बैंक अथवा वित्तिय संस्थासँग आर्थिक कारोवार गर्दा सर्वसाधारणहरुले विभिन्न कारणबाट भोग्नु परिरहेका समस्याहरुलाई केन्द्रित गर्दै प्रशिक्षणको आयोजना हुनु महत्वपूर्ण भएको टिप्पणी गर्नुभयो ।

बिनोद गुरागाई, सञ्चालक, कृषि विकास बैंक

नविल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंङ्गनाले कर्जा लिनेहरुले समयमा विचार पुर्याउन नसक्दा विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको जानकारी दिनुभयो । कर्जा लिनेहरु जो कोहीले किन कर्जा लिँदैछु र कसरी म कर्जा तिर्ने योजनामा छु भन्ने कुरा विचार गरेर कर्जा लिए समस्या भोग्नु नपर्ने ढुंङ्गनाले बताउनुभयो ।


ज्ञानेन्द्र ढुंङ्गना, प्रमुख कार्यकारी अधिकृत, नविल बैंक लिमिटेड

केही बैंक तथा वित्तिय संस्थाहरु व्याजदरको बारेमा अझ पनि स्पष्ट हुन नसकेको विज्ञहरुको भनाइ, बैंकहरुको अवस्था बुझेर मात्र उपयुक्त बैकबाट कर्जा लिन सरोकारवालाहरुको आग्रह ।।

कृषि विकास बैंकका विभागिय प्रमुख तथा प्रमुख प्रशिक्षक सुदीप दाहालले मानिसको जन्मदेखि मृत्युसम्मका हरेक संस्कारहरुमा पैसाको आवश्यकता पर्ने हुनाले आवश्यक कुराहरुमा कर्जा लिएर कर्जाको सही सदूपयोग गर्न सके कर्जाले फाईदा दिने बताउनुभयो ।

सुदीप दाहाल, कर्जा विभाग प्रमुख, कृषि विकास बैंक

टोखा नगरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष शान्ता पौडेलले आर्थिक मन्दिका कारण कमजोर अर्थतन्त्र लिएर देश गुज्रिरहेको अवस्थामा कर्जा सचेतना सम्बन्धी कार्यक्रमको आयोजना हुनु सराहनीय भएको बताउनुभयो । वडाअध्यक्ष पौडेलले ढुंगामाटो छाप्नु मात्र विकास हो भन्ने भ्रमबाट सबै मुक्त हुनुपर्ने पनि बताउनुभयो ।

शान्ता पौडेल, वडाअध्यक्ष, टोखा नगरपालिका-६, काठमाण्डू

कार्यक्रम आयोजक संस्था टोखा विकास अनुसन्धान समाजका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक रामजी रेग्मीले अझै पनि केही बैंक तथा वित्तिय संस्थाहरुले व्याजदरको बारेमा स्पष्ट धारणा राख्न नसकेको बताउनुभयो । व्याज दरका बारेमा सबै सचेत र स्पष्ट हुनुपर्ने जानकारी दिनुहुँदै अध्यक्ष रेग्मीले सकेसम्म बैंकहरुको अवस्था बुझेर मात्र उपयुक्त बैकबाट कर्जा लिन आग्रह गर्नुभयो ।

रामजी रेग्मी, अध्यक्ष, टोखा विकास अनुसन्धान समाज

सो प्रशिक्षण कार्यक्रममा संस्थाका उपाध्यक्ष अञ्जना कुमारी रावल, वित्तिय साक्षरता विज्ञ ऋषि वाग्ले, लगनशिल महिला विकास समितिका तर्फबाट लक्ष्मी बर्तौला, तारा लामा लगायतले कर्जा सचेतनाका विविध पक्षबारे प्रस्ट पार्नुभएको थियो ।

Facebook Comments