Sun. May 24th, 2026

अमेरिकी राष्ट्रपति ट्रम्पको ग्रीनल्याण्डबारे भनाइ ‘तरङ्गी’ : ग्रीनल्याण्ड   

       

नूक,ग्रीनल्याण्ड, २०८१ फागुन २६ गते सोमबार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथि कब्जा जमाउन चाहेको बताउँदै आउनुभएको प्रसङ्गलाई लिएर ग्रीनल्याण्डका प्रधानमन्त्रीले सोमबार उहाँको यो भनाइलाई ‘तरङ्गी’ बताउनुभएको छ ।

सोमबार डेनिस प्रान्तको विधायिकी निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री म्यूट एजेडले डेनिस सार्वजनिक रेडियोसँगको कुराकानीमा उहाँले भन्नुभयो, “अहिले विश्व व्यवस्था धेरै मोर्चाहरूमा विभाजित भएको र डगमगाइरहेको छ। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति ट्रम्पले धेरै अप्रत्याशित धारणा सार्वजनिक गर्दै विश्व समुदायलाई तरङ्गीत र असुरक्षित महसुस गराउनुहुन्छ।”

गत हप्ता अमेरिकी कंग्रेसलाई सम्बोधन गर्दै ट्रम्पले राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षाका कारण अमेरिकालाई विशाल आर्कटिक टापुको आवश्यकता रहेको तर्क गर्दै ग्रीनल्याण्ड कब्जा गर्ने आफ्नो योजना दोहोर्याउनुभएको थियो ।

डेनमार्कबाट ग्रीनल्याण्डको स्वतन्त्रताको समयसीमा निर्धारण गर्दा यस क्षेत्रको चुनावी अभियान हावी भएको छ ।

ट्रम्पले भन्नुभएको थियो,“हामी आफ्नो भविष्य आफै निर्धारण गर्ने तपाईंको अधिकारको दृढतापूर्वक समर्थन गर्दछौं र यदि तपाईंले रोज्नुभयो भने हामी तपाईंलाई संयुक्त राज्य अमेरिकामा स्वागत गर्दछौँ।”

अमेरिकाले कुनै न कुनै रुपमा ग्रीनल्याण्ड पाउनेमा आफू विश्वस्त रहेको राष्ट्रपति ट्रम्पले बताउनुभयो ।

अमेरिकी कङ्ग्रेसमा कतिपय रिपब्लिकनसमेतलाई हाँसाको बिषय बनेका यी योजनालाई धेरै ग्रीनल्याण्डवासीहरूले उपहासको रूपमा लिएका थिए।

“हामी सम्मानका साथ व्यवहार गर्न योग्य छौँ तर अमेरिकी राष्ट्रपतिले पदभार ग्रहण गरेदेखि पछिल्लो समय यस्तो गरिरहेको जस्तो मलाई लाग्दैन,” इजेडले भन्नुभयो ।

उहाँले भन्नुभयो, “अमेरिकी राष्ट्रपतिले हालै दिएका अभिव्यक्तिको अर्थ यो हो कि हामी अमेरिकासँग विगतमा जति नजिक थियौँ त्यति नजिक हुनु चाहदैनौ ।”

ट्रम्पले कङ्ग्रेसलाई सम्बोधन गरेको भोलिपल्ट नै इजेडले फेसबुकमा लेख्नुभएको थियो, “ग्रीनल्याण्डका बासिन्दाहरू अमेरिकी वा डेनिस केही पनि बन्न चाहँदैनन् । हामी ग्रीनल्याण्डवासी हौँ । अमेरिकी र उनीहरूका नेताले यो कुरा बुझ्नुपर्छ।”    एएफपी

Facebook Comments