पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत
काठमाण्डू, २०८१ फागुन २५ गते आईतबार । एक हप्ताको भ्रमण पछि काठमाण्डू फर्किनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई उहाँका समर्थकहरुले स्वागत गरेका छन् ।

आज पोखराबाट एक हप्ताको भ्रमणपछि उहाँ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाण्डू फर्किए सँगै विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरुले फूलमालाले स्वागत गरेका छन् । स्वागतका लागि विमानस्थल पुगेका समर्थकहरुले राजसंस्था फिर्ता गर्नुपर्ने नारा लगाएका थिए । पूर्वराजा शाहलाई स्वागत गर्न समर्थकहरु विमानस्थल पुगेका थिए । शाहलाई स्वागत गर्न सांसदहरु राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही पनि पुग्नु भएको थियो । पूर्वराजाको स्वागतका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईको पनि उपस्थिती रहेको थियो ।

पूर्वपञ्चहरुको बाक्लो उपस्थितीमा पूर्वराजा शाहलाई महाराजगञ्जस्थित निर्मल निवाससम्म पुर्याईएको थियो । पूर्वराजाको स्वागतलाई मध्यनजर गर्दै सरकारले आज बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन समेत गरेको थियो ।

