Fri. Apr 3rd, 2026

गाजाको पुनर्निर्माण गर्ने अरब मुलुकको योजनाको यूरोपेली मुलुकद्वारा प्रशंसा  

       

बर्लिन, २०८१ फागुन २५ गते आइतबार ।  बेलायत, फ्रान्स, जर्मनी र इटालीले शनिबार मुस्लिम बहुय अरब राष्ट्रहरूले गाजालाई पुनर्निर्माण गर्ने प्रस्तावलाई ‘यथार्थवादी मार्ग’ भन्दै योजनाको प्रसंशा गरेका छन् ।

“अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई आफ्नो नियन्त्रणमा लिने र त्यहाँका बासिन्दालाई विस्थापित गर्ने योजनाको प्रतिवाद गर्दै आएको अरब योजनाले कार्यान्वयन भएमा गाजामा बसोबास गर्ने प्यालेस्टिनीहरूको विनाशकारी जीवनस्तरको द्रूत र दिगो सुधार गर्ने वाचा गरेको छ,” चार देशका विदेशमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ।

इस्लामिक सहयोग सङ्गठन (ओआईसी) का ५७ सदस्य राष्ट्रले शनिबार साउदी अरबमा आयोजना गरेको आपतकालीन बैठकमा अरब लिगले अघि सारेको योजनालाई औपचारिक रुपमा स्वीकार गरिएको छ ।

इजिप्टले तयार पारेको योजनाले ट्रम्पको व्यापक निन्दा गरिएको अधिग्रहणको विकल्प दिएको र प्यालेस्टिनी प्राधिकरणको भविष्यको प्रशासनअन्तर्गत गाजाको पुनर्निर्माण गर्ने प्रस्ताव गर्दछ।

ट्रम्पको योजनाको विपरीत अरब योजनाले १७ महिनाको युद्ध भोगेका यस क्षेत्रका २४ लाख बासिन्दाहरूलाई विस्थापित नगरी पुननिर्माणको लक्ष्य राखेको छ ।

मुस्लिम विश्वको प्रतिनिधित्व गर्ने ओआईसीले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय समुदाय र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय वित्तीय संस्थाहरूलाई यस योजनाका लागि आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेको छ ।

एएफपीका अनुसारगाजालाई नियन्त्रण गर्ने हमासको भूमिकाबारे उल्लेख नगरिएको इजिप्टको प्रस्तावलाई अमेरिका र इजरायल दुवैले अस्वीकार गरिसकेका छन् तर युरोपेली विदेश मन्त्रीहरूले भने यसले गाजाको पुनर्निर्माणको लागि यथार्थवादी मार्ग देखाएको बताएका छन्।

“हमासले गाजामा शासन गर्नु हुँदैन र इजरायलका लागि खतरा पनि हुनुहुँदैन भन्नेमा हामी स्पष्ट छौं,” विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, “हामी सबै सरोकारवालाहरूको गम्भीर प्रयासको सराहना गर्दछौँ र अरब राष्ट्रहरूले संयुक्त रूपमा यो पुनरुत्थान र पुनर्निर्माण योजनाका लागि बनाएर पठाएको महत्वपूर्ण प्रस्तावको पनिसराहना गर्दछौं।

युरोपली नेताहरूले भनेका छन्, “हामी अरब पहल, प्यालेस्टाइन र इजरायलसँग मिलेर ती मुद्दाहरूलाई एकसाथ सम्बोधन गर्न काम गर्न प्रतिबद्ध छौं।”

Facebook Comments

सम्बन्धित समाचार