Sun. May 24th, 2026

अमेरिकाले आधिकारिक कागज नभएका नेपालीलाई नेपाल फर्कायो

- अमेरिकाले डिपोर्ट(निस्कासन) गरेका नेपालीलाई काठमाण्डू ल्याईयो

       

काठमाण्डू, २०८१ फागुन २१ गते बुधबार । अमेरिकाले आधिकारिक कागजात नभएका एकजना महिलासहित ८ नेपालीलाई स्वदेश फर्काएको छ । ‘चार्टर्ड ’जहाजमार्फत उनीहरुलाई आज विहान नेपाल फर्काइएको हो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार नेपाली बोकेर आएको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान १० बजेर १५ मिनेटमा काठमाण्डू विमानस्थलमा अवतरण गरेको थियो । जहाजमा चालकदलसहित १४ जना सवार रहेको जनाइएको छ ।

चार्टर्ड जहाज अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट बीचमा टेक्निकल ल्यान्डिङ‘ भएर सिधै काठमाण्डू अवतरण गरेको हो । जहाज अवतरणपछि अध्यागनले आवश्यक प्रक्रिया थाल्ने प्रवक्ता शेर्पाले बताउनुभयो । जहाज भोलि बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कने विमानस्थलले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट आधिकारिक कागजात नभएका नेपाली घरफर्किरहेका छन् ।

अमेरिकी सरकारले उनीहरुलाई हातमा हत्कडी र खुट्टामा चेन लगाएर ल्याएको बताईएको छ । यात्रका क्रममा उनीहरुलाई सौचालय जान समेत मुस्किलले दिएको र खाना पनि हतकडी नखोली दिईएको जानकारी प्राप्त भएको छ ।।

Facebook Comments