Mon. Jun 15th, 2026

चीनद्वारा अमेरिका लक्षित विविध प्रतिकार कदम सार्वजनिक

       

काठमाण्डू, २०८१ फागुन २० गते मंगलबार । मार्च ४ तारिख चीनको वाणिज्य मन्त्रालय र राज्य परिषद् अन्तर्गत भन्सार कर नियम परिषद्ले लगातार रूपमा अमेरिका लक्षित विविध प्रतिकार कदम सार्वजनिक गरेका छन्।

यसअघि अमेरिकी सरकारले फेन्टानीलको निहुँ खोजेर अमेरिकातर्फ निर्यात गरिने सबै चिनियाँ मालसामानमाथि थप १० प्रतिशतको भन्सार कर लगाउने घोषणा गरेको थियो।

 चीनको वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ताका अनुसारचीनले विश्व व्यापार संगठनको विवाद समाधान व्यवस्थाको प्रारूपभित्र थप भन्सार कर लगाउन अमेरिकामाथि मुद्दा दायर गरिसकेको छ। यसबाहेक चीनले १५ वटा अमेरिकी व्यवसायलाई निर्यात नियन्त्रण र निषेध नामावलीमा राखेकोटकोम कम्पनी लगायतका जम्मा १० वटा अमेरिकी व्यवसायलाई अविश्वासिलो व्यवसायको नामावलीमा राखेको र अमेरिकी इयुमिना कम्पनीलाई अविश्वासिलो व्यवसायको रूपमा सम्बद्ध कदम अपनाएको छ। सीजीटिएन

Facebook Comments

सम्बन्धित समाचार