Mon. Mar 17th, 2025 10:32:37

वडाध्यक्ष मुखियाको निधन   

चन्द्रपुर (रौतहट), २०८१ फागुन १७ गते शनिबार । माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।

राससका अनुसार फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उहाँको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले राससलाई जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उहाँ निर्वाचित हुनुभएको थियो ।

Facebook Comments