Sun. Mar 16th, 2025 08:09:39

कटारी गोल्डकपः उपाधिका लागि आज स्पर्धा हुँदै   

कटारी, २०८१ फागुन १७ गते शनिबार । यही फागुन १० गतेदेखि यहाँ जारी ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’आज समापन हुँदैछ ।

यहाँको टाईगर फिल्डमा आज अपराह्न हुने फाइनल खेलमा उपाधिका लागि काठमाण्डूको च्याम्पियन ब्वाइज र सिरहाको सहलेस युथक्लब भिड्दै छन् ।

गत बिहीबार भएको सेमीफाइनलमा वीरगञ्ज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सहलेसले फाइनलयात्रा तय गरेको हो । यसैगरी बुधबारको खेलमा धरानको एनएस फुटबल क्लबलाई ४–२ ले हराएर च्याम्पियन ब्वाइज फाइनलमा पुगेको हो ।

उपाधि जित्ने टोलीलाई पदक र प्रमाणपत्रसहित रु तीन लाख तथा उपविजेतालाई रु एक लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा स्वदेशी सात र भुटानको एकसहित आठ टोलीले भाग लिएका थिए ।

Facebook Comments