२०८३ कार्तिक २६, बिहीवार

मकवानपुरमा इभी गाडी दुर्घटनाः दश जनाको मृत्यु, पाँच जना घाइते   

       

काठमाण्डू । मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बिहान करिब ६ः१० बजे काठमाण्डूबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार १५ मृत्यु मध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । रासस

Facebook Comments