Thu. Apr 25th, 2024

सभामुख सापकोटा र पाकिस्तानी राजदूतबीच भेटवार्ता, राजदूत जावेदभन्नु हुन्छ-कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तृत र व्यापक हुनेछ

काठमाडौं, २०७७ भदौं ३० गते मंगलबार

सभामुख अग्नि सापकोटाले कोभिड-१९ ले निम्ताएको संकटमा सबै मिलेर लड्नुको विकल्प नरहेको बताउनु भएको छ । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदसँग मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा भेटवार्ता गर्दै सभामुख सापकोटाले उक्त कुरा बताउनु भएको हो ।

उक्त भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको सापकोटाको निजी सचिवालयद्वारा जारी विज्ञप्प्तिमा भनिएको छ ।

कान्तिपुर अनलाईनका अनुसार भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० वर्ष लामो मैत्रिपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चाको विज्ञप्तिमा उल्लेख गर्नुभयो । सापकोटाले पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा गर्नु भएको थियो ।

सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुई देशका संसदबीचको सहकार्य र थाती रहेका अन्य विषयहरु अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । चार वर्षे कार्यकाल सकेर स्वदेश फर्कन लाग्नु भएका राजदूत जावेदले नेपाल बसार्इका क्रममा संघीय संसदबाट भएको सहयोग्रति आभार प्रकट गर्नु भएको थियो । उहाँले कोरोनाका कारण सात महिनायता दुई देशका संसदबीचको नियमित काम समेत हुन नसकेको चर्चा गर्दै कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तृत र व्यापक हुने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments