Sat. Nov 23rd, 2024

” सिन्धुबासीकाे रुवाबासी”

- जनताको आवाज कसले सुन्ने ?

बारविसे, सिन्धुपाल्चोक, २०७७ भदौं २९ गते सोमबार

प्राकृतिक प्रकाेपकाे मुख्य दुश्मन झैं भएकाे याे बर्ष मात्र हाेइन हामी सिन्धुबासीले।याे सत्तरीकाे दशक यता बर्षैपिच्छे पिडितकाे उपमामा जाेडिन पुगेका छाैं हामी।भूक्षयका चरमबिन्दु ब्यहाेर्दै आँउदा जम्बु र लिदीमा भएकाे रुवासीकाे आँसुका लेग्रा सुक्न नपाउदै हिजाे घुमथाङकाे नागपुजे र भिरखर्कमा दर्जनाैं घर पुरिएर तिसाैजना मानिसकाे दुखद अन्त्यभयाे। याे अकाल मृत्युकाे श्रृङखला कहिलेसम्म ब्यहाेरिरहनु पर्ने हाे अथाह छ।

रमेश प्रसाद पौडेल

एउटाले बिराउने शाखा पिराउने भने झैं हाम्राे समुदायमा कहिल्यै बस्ति सुरक्षा एवम् वातावरणीय अध्ययनमा एउटाले पनि तर्क अघिसारेन सारेपनि त्यसमा ठाडाेकान लगाइएन। जुन सन्दर्भले हाम्राे काल टार्नसक्थ्याे। ती अनाहकमा मर्ने नावालकहरुकाे समेत अस्तित्व रक्षा हुनसक्थ्याे। हुन त सबैकाे ओठमा झुन्डिएको एउटै वाक्य हुनसक्छ सरकारले केही गरेन।हामी नागरिकले वरिपरि घुमिरहेका सरकारलाई पनि चिनेनाैं जानेनाैं। सरकारका पैसा बुझ्ने सेवाप्रदाय कर्मचारी र आफुले मत दिएका आआफ्ना नेता गाउका अगुवाभनिने विभिन्न पार्टीका कार्यकर्ता सबैलाई नगनिकन सिधै मन्त्री र प्रधानमन्त्रीलाई ताेकेर भनिरह्याै बुझिरह्याैं र आस गरेर बसिरह्याैं।

यी स्थानिय सधै भेट्ने आधिकारिक सरकारसँग बेवास्था गरिरह्याैं।र आम नागरिकपनि समयमा पारतापेर बसिरह्याैं। वडा र पालिकामा गर्नुपर्ने कामकाे निम्ति प्राप्तगर्न सकिने बजेट हाम्रै वातावरणमा क्षति गर्ने मामिलामा खर्चिरह्याै। हिउदभरी ब्रेकर बकेट फेर्दै हाम्राे जमिन खल्बल्याएकाे गिर्दालागेर रमिता हेरिरह्याैं। पाखाबाट मुढा लडाएर सडकमा कुन्यु लगाएकाे देखिरह्याैं।वास्तवमा यथार्थ याे थियाे हामी कसैले केही गरेनाैं।

अहिले देखिएकाे भुक्षयकाे क्रुर आक्रमण हामीहामी आफैँबाट सुरुगरिएकाे अभियान हाेइन र ! ससाना खाेलाकाे ढुङ्गा फाेरेर साेलिङ गर्ने काे ? पाखाे रेखाेकाे लालपुर्जा बनाएर मेराे हाे भनेर पछार्ने र बृक्षाराेपणमा हात नपसार्ने काे? हामीले कहिल्यै लाेपाेन्मुख प्राणी र बनस्पतिकाे बारेमा खाेजतलास र संरक्षणकाे छलफल कतिपटक गर्याैं ? हाम्राे बस्ति जाेखिममा छ र वचाउनकाे निम्ति के याेजना बनायाैं र सरकारी निकायमा धर्ना घन्टाघेर नाराजुलुस गर्दै एकीकृत बस्तिकाे माग कतैबाट भयाे?यसतर्फ कहिल्यै कसैले नसाेची एकैचोटी बर्षाकाे भेल बटुलेर गाउँहुल्ने काम आम समुदायकै हाे।

सरकारका बजेट झेल्ला गरेर गुणस्तर हिन कामबाटै स्वाहा पार्छाैं।त्यसका अनुगमन कर्ता प्राबिधिक हरुलाई घुस्याहा बनाउछाैं।वातावरण नास नगराैं भन्नेलाई पागलकाे संज्ञादिन्छाैं। सिङ्गो समाजप्रति कसैमा दायित्व बाेध हुन्न। तात्काल छलछाम गरेर केही पैसा खल्तिमा हाल्नपाए उहीँ टाठाे उहिबाठाे कस्ताे बिडम्बना!! बिकाशका नाममा बिनासतिर लम्किएका हामी अन्ततोगत्वा सर्वनास गर्ने नै हाैं। आज पल्लाे गाउँ हिजाे तल्लाेगाउँ पुर्याे भाेली त आफ्नो गाउँकाे पालाे आउँछ नै। यसरी आफ्नो खुट्टामा आफै बन्चराे हान्न तयार हाम्राे सामाजिक गतिविधिकाे नियन्त्रण कहिले गर्ने कसले गर्ने कुन सरकारले गर्ने?

अहिले स्थानिय निकायकाे सरकार यस्ता झिनामसिना झारपाते कुरामा यी खुजुरा कामकाे साेचमा देखिएकाे पाइदैन।उहीँ डाेजर गुडाउने ढुङ्गा फाेर्ने कामलाई बिकाश मानेर मख्खपर्दै यसरी पुरिएका मान्छेका हकदारलाई राहत बाँडेकाे ठुलाेकाम ठान्छ। यस्ता घटनालाई दैवी र प्राकृतिक मानेर मानवले गरेका त्रुटी आँखा चिम्लेर पचाउने हाम्राे अबस्था कहिलेसम्म राख्ने हाम्रा ज्याजतिका यस्ता बुँदाहरुकाे फुँदा जति गाँसेपनि सकिँदैन।

अब त्यतातिर फर्कनु भन्दापनि आगामी दिनमा कसरी यसरीहुने क्षति कम गर्न सकिएला पुर्ने बस्ती जाेगाउने र मर्नेमान्छे बचाउने भन्नेतिर मुव हुन उन्मुख हुन आवश्यक छ। हामीसँग अझ उपाय धेरै बाँकी छन्। आगामी समय हाम्राे साथमा छ।जनशक्ति नभएकाे हुदैहाेइन।कालादाह्रि सुम्सुम्याएर बस्ने युवाजमात पनि निकै बाँकी छन्। हाम्रा नागरिक ज्यादै मूर्ख र अबुझ पनि छैनन्।मात्र फराक साेचले भएका श्राेत साधनलाई गुणस्तरीय ढंगले सामाजिक परिचालन र पारदर्शिताको ढाँचामा कामगर्ने गराउने ईच्छा शक्ति अहिलेका आधिकारिक पदाधिकारीहरुमा हुनैपर्दछ।सबैकुरा बजेटले मात्र हुदैनन्। ब्यवहारिक नियम कानुन बिनियम निर्देशिका जे भनाैं याे लागु गर्दै प्राकृतिक सम्पदा दाेहनगर्नेलाई कडा कार्यबाहि सरकारी र सामाजिक सजायँ हुने हाे भने आधा समस्या समाधान हुनसक्छ।याे किन नगर्ने? बजेट प्रवाहमा सन्तुलित विकाशतर्फ भागबन्डा नगरि जात लिङ्ग दल दलले बाँडिचुडि सक्ने प्रचलनबाट राेक्न किन नसक्ने? ठुला बजेट एकीकृत र सुरक्षित बस्ति निर्माणमा खर्चन किन नसक्ने ?

युवा महिला वालवालिका लगायतका अम नागरिक समेटिने गरि सुरक्षित बचाईका बारेमा व्यापक जनचेतना मुखी शिक्षण प्रशिक्षण बाट शशक्तिकरणका तालिम त्यसपछिका कार्ययाेजना प्रतिबद्धता र कार्यान्वयन् अनि त्यसकाे समग्र अनुगमनकाे लहर सिर्जनागर्न किन कन्चुस्याइ गर्ने? खतरा बस्तिका नागरिकलाई याे मृत्युकाे पासाे फुकाउन किन उत्प्रेरित नगर्ने? यदि याे नगर्दा फेरिपनि उहीँ अहिलेकाे बिकाशे माेडेल काट्छु र मार्छु भन्ने आतङ्ककारी हमलाबाट लुटिएकाे लुटियै हुनेछ । आसेपासे दाशमनाेबृतिका मान्छेका मात्रै आफ्नो बस्ति शहरमा सार्नेछन्।साेझा सर्वसाधारणलाइ त्यहि बस्तिमा पुरेर मार्नेछन्। यहि नियतिकाे रमिता हेर्नुकाे बिकल्प अरु हनेछैन।

हामी अहिले काेराना भाईरसबाट कति डराएका छाैं। यसबाट वचन मुखमा माक्सलगाएर सासफेर्न समेत सजक छाैं सामाजिक नियम कड्याईका साथ पालना गरेका छाैं।लक डाउन र क्वारेन्टाइनमा बसेका छाैं।प्रशाशनले निगरानी पुर्वक नागरिकलाई जथाभावी गर्नबाट नियन्त्रण गरेकाेकाे छ भने याे प्राकृतिक माहामारी पनि मृत्युकै राेकथाम त हाे अहिलेकाे तथ्याङ्कमा काेराेनाबाट भन्दा कयाैंगुणा मृत्यु संख्या बाढीपहिराेकाे चपेटामा परेर भयाे एकचाेटी हिसाब गरेर साेचाैं त?

-रमेश प्रसाद पौडेल समाजसेवी तथा शिक्षक हुनुहुन्छ ।

Facebook Comments