Sat. Apr 20th, 2024

२४ घण्टामा कोरोनाबाट थप १५ जनाको मृत्यु : मृतकको संख्या ३६० पुग्यो

फाईल फोटो

काठमाडौं, २०७७ भदौं २९ गते सोमबार

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। कोरोनाबाट ५ महिला र १० पुरुषको मृत्यु भएको छ।

मोरङमा कोरोनाबाट ४० वर्षीय र ७० वर्षीय दुई पुरुषको मृत्यु भएको छ। यस्तै काठमाडौंमा ६१ वर्षीया महिला र ७७ वर्षीय, ६२ वर्षीय,७३ वर्षीय ८५ वर्षीय ७० वर्षीय पुरुष, ललितपुरमा ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। रामेछापका २३ वर्षीय पुरुष, गोरखाकी ६३ वर्षीय महिला, नवलपरासीकी ६३ वषीया महिला, पर्सामा ५५  वर्षीया महिला, कपिलवस्तुकी ४७ वर्षीया महिला गरी १५ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ११ सय ७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

अन्नपूर्ण पोष्ट दैनिक अनलाईनका अनुसार १५ हजार ३९३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ७२७५  रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ११८ जना रहेका छन्।  क्वारेन्टाइनमा ६ हजार ८९२ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार  पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा ८७९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ। मन्त्रालयका अनुसार १७९ जनाको आइसीयूमा र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्ला, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।

Facebook Comments