Sun. Apr 28th, 2024

चिहानमा पुगेको शक्ति अब ब्युँतिन सम्भव छैन: प्रचण्ड

काठमाडौं, २०७७ भदौं २३ गते मंगलबार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिहानमा पुगेको शक्ति पुनः फर्केर आउन सम्भव नभएको बताएका छन् ।

२१ औं सुरेश वाग्ले स्मृति कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चिहानमा पुगिसकेको भूतप्रेत उठाउँदैमा अब प्रेत आत्मा उठेर नअाउने बताए । ‘चिहानबाट भूतप्रेत ल्याउँदैमा त्यो ब्युतिने विज्ञानले मान्दैन तर प्रेतआत्मा आएर जीवित मान्छेहरुलाई दुःख दिने गर्ने रहेछन्,’ उनले भने, ‘कहिलेकाहीँ सिंहको अगाडि स्याल आएर हल्ला गरेको भरमा सिंह र स्यालको तुलना हुन सक्दैन । सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ ।’ संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउने उद्देश्यका साथ निरंकुश तत्व सलबलाईरहेकोले सजग हुन जरुरी रहेको बताए । ‘नेकपा पार्टी बलियो भए पनि नैतिक आचरणको दृष्टिकोणले धेरै नै खस्किएको भान हुने गरेको छ, अध्यक्ष प्रचण्डले भने,‘ हामी अलि बढी आफु केन्द्रित, व्यक्तिबादी बन्दै जान थालेका त होईनौ  ?’ हामी आफुले आफैलाई सच्चाउन जरुरी भइसक्यो . पार्टीलाई नैतिक चरित्रवान बनाउने, यो पार्टीका सबै सदस्यहरुले स्वीकार्ने वातावरण बनाउने आवश्यकता बनाउन जरुरी रहेको उनको भनाई छ ।

पार्टीैलाई समाजबादी आर्दशमा उन्मुख भएको एउटा क्रान्तिकारी पार्टी हो, जनतासँग घुलमिल गर्ने र जनताको सेवा गर्ने पार्टी हो भन्ने बनाउनु पर्ने आवश्यकता यति बेला रहेको उनले बताए । हामीले औपचारिकतामा मात्रै होईन ह्दयदेखि नै आर्दशबादी पार्टी बनाउने प्रतिबद्धता र संकल्प ग¥यौ भने मात्रै कंमरेड सुरेश वाग्ले र भीमसेन पोखरेल सहित हजारौ सहिद प्रति सच्चा सम्मान हुने अध्यक्ष प्रचण्डको भनाई छ ।

उनले अब इतिहासलाइ पछाडी धकेल्ने र गणतन्त्रलाई उल्टाउने छुट कसैलाइ नभएकाे बताए । उनले आफूहरुको कमजोरी भए त्यसलाई सच्याउन तयार रहेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, जनतालाई सकारात्मक परिणाम दिने, जनतालाई अझै राम्रोसँग परिचालन गर्ने, पार्टी एकतालाई बलियो बनाउने, पार्टीको वैचारिक लाइन अनुसार सांगठनिक विधिमा लगेर त्यसलाई बलियो पार्टीको रुपमा स्थापित गर्न जरुरी रहेको जिकिर गरे । कार्यक्रममा अध्यक्ष प्रचण्डले सुरेश वाग्लेलाई निस्कलंक, पारदर्शी चरित्र र नैतिक बल ठूलो भएको नेताको रुपमा स्मरण गरे ।

आफ्नो राजनीतिक कुशलताद्वारा सबैलाई प्रभावित पार्न सक्ने नेताको रुपमा वाग्ले रहेको बताउँदै जनयुद्धको तयारी र शुरु भइसकेपछि वैचारिक अन्तरसंघर्षलाई ठीक ढंगले परिचालन गर्न अग्रणी भूमिकामा खेलेको जानकारी दिए । ‘वहाँ जस्तो वैचारिकरुपमा स्पष्ट भएका मानिस नभएको भए जनयुद्ध युगान्तकारी तागतको रुपमा विकास हुन सक्दैन थियो होला,’ प्रचण्डले बताए ।

नेपाल कम्युनिस्ट पार्टी को केन्द्रिय कार्यालय धुम्बराही मा भएकाे सुरेस वाग्ले बासु र भिमसेन पोखरेल को स्मृति कार्यक्रममा क सुरेस वाग्लेको बारेमा नेता नारायणकाजी श्रेष्ठ  झलनाथ खनालले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा महासचिब बिस्नु पौड्याल अग्नि सापकोटा  देबेन्द्र पौडेल लगाएतको उपस्थिति थियाे । सामाचार दैनिक अनलाईनबाट

Facebook Comments